Rule 19
प्रवेशपत्र र अनुमतिपत्र लिनुपर्ने
(१) विदेशी नागरिकले संरक्षण क्षेत्रभित्र प्रवेश गर्न चाहेमा प्रधान कार्यालय वा प्रधान कार्यालयले तोकेको कार्यालयमा अनुसूची -१ बमोजिमको दस्तूर तिरी अनुसूची -२ बमोजिमको प्रवेशपत्र लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रवेशपत्र एक पटकको प्रवेशको लागि मात्र मान्य हुनेछ ।
(३) संरक्षण क्षेत्रभित्र माछा मार्न चाहने व्यक्तिले अनुसूची -१ बमोजिमको दस्तूर तिरी अनुसूची -३ बमोजिमको अनुमतिपत्र लिनु पर्नेछ ।
(४) कसैलवे संरक्षण क्षेत्रभित्र कुनै सिनेमा वा डमुमेन्ट्री फिल्म खिच्न वा बनाउन चाहेमा प्रधान कार्यालय वा प्रधान कार्यालयले तोकेको कार्यालयमा अनुसूची-१ बमोजिमको दस्तूर तिरी अनुसूची -४ बमोजिमको अनुमतिपत्र लिनु पर्नेछ ।
(५) संस्थाले मनासिव देखेमा कुनै व्यक्ति, संस्था वा निकायको हकमा यस नियमावली बमोजिम लाग्ने कुनै दस्तुर मिनाहा दिन सक्नेछ ।